नेपाल प्रहरी स्कुलको बस र ट्रक ठोक्किँदा एक वालिकाको मृत्यु

रौतहट / रौतहटको गरुडामा नेपाल प्रहरी स्कुलको बस र ट्रक ठोक्किँदा एक वालिकाको मृत्यु भएको छ ।

नेपाल प्रहरी स्कुलको नर्सरी कक्षामा अध्ययनरत सिन्धुली जिल्ला गोल्नजोर गाउपालिका वाड नं ७ राताटार निवासी सुवास कुमार राइकी ४ बर्षीय छोरी क्यारोरिन राईको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

मंगलबार नेपाल पुलिस स्कुलको शाखाबाट विद्यार्थी र शिक्षक बोकेर गरुडा नगरपालिका वाड नं ८ जिंगडियामा रहेको विद्यालयको होस्टलतर्फ जादै गरेको बा१ग २१७९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना३ख ७४१८ नंको उखु बोकेको ट्रक ठोकिएको थियो ।

शिक्षक,बिद्यार्थी गरि २५ जना बोकेर हिडेको सो बस दुर्घटना हुँदा १० जना घाइते भएका छन । ट्रक चालक बारा निजगढका प्रह्लाद थपलियाले ओभरटेक गर्ने क्रममा ट्रकलाई सम्हाल्न नसकेपछि विद्यार्थीबाहक बसमा ठोकिएर पल्टेको गरुडा प्रहरीले जनाएको छ ।

घटनामा बसका चालक डम्बर विक, ट्रकका चालक थपलिया, शिक्षिकाद्वय निरुपा कार्की र ईश्वरी थापा घाइते छन्। चार जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।