उमन्स टि-२० वल्र्ड कप एसिया छनोटमा नेपालसँग कुबेत ३० रनले पराजित

खेलकुद राष्ट्रिय समाचार

झापा / उमन्स टि-२० वल्र्ड कपको एसिया छनोटमा कुवेतविरुद्ध नेपालले ३० रनको जीत दर्ता गरेको छ ।

पहिले व्याटिङ गर्दै नेपालले एक सय १६ रन बनाएको थियो । एक सय १७ रनको चुनौति पछ्याउने क्रममा कुवेतले ९ विकेटको क्षेतिमा ८६ रन मात्र जोड्न सक्यो ।

नेपालका लागि बिन्दू रावलले ४९ बलको सामना गर्दै एक चौकाको मद्यतले सर्वाधिक २८ रन जोडिन् ।

रन बढ्न नसकेको अवस्थामा नेपालका अनुभवी खेलाडी नेरी थापा र कप्तान रुबिना चौधरीले उकासेका थिए । उनीहरुले ३३ रनको साझेदारी गरे ।

नेरीले १९ बलमा १९ रन बनाइन् भने रुबिनाले १३ बल २मा२ रनको योगदान गरिन ।