भारत र पाकिस्तानलाई वार्ताबाट समस्या समाधान गर्न नेपाल सरकारको आग्रह

देशबाहिर समाचार

काठमाण्डौं / भारत र पाकिस्तानलाई वार्ताका माध्यमबाट समस्या समाधान गर्न नेपाल सरकारले आग्रह गरेको छ ।

नेपाल सरकारको परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्ती जारी गर्दै जघन्य आतंकवादी हमलाको नेपाल सरकारले निन्दा गरेको उल्ल‍ेख गरिएको छ ।

विज्ञप्तीमा नेपाल सरकारले भारत र पाकिस्तानबीच बढ्‍दो तनाव र १४ फेब्रुअरीमा भएको जम्मु र कास्मिरमा भएको आतंकवादी हमलाप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

नेपाल सार्कको अध्यक्ष राष्ट्र समेत हो । नेपालले सधैं दक्षिण एसियामा शान्ति र स्थायित्वलाई जोड दिने विज्ञप्‍तीमा उल्ल‍ेख छ । दुवै राष्ट्रलाई शान्ति र स्थायित्व कमजोर पार्ने क्रियाकलापहरु रोक्‍न समेत नेपाल सरकारको आग्रह गरेको छ ।

भारत र पाकिस्तानबीच लामो समयदेखि विवाद हुँदै आएको छ । आज मात्रै दुई वटा भारतीय विमानलाई पाकिस्तानले खसालेको दाबी गरेको छ भने एक भारतीय पाइलटलाई समेत पाकिस्तानको नियन्त्रणमा लिएको पाकिस्तानको दावी छ ।