विर्तामोडमा अकस्मात असिना पानी

समाचार

विर्तामोड / झापाको विर्तामोडमा चिसो बढेसँगै आज अकस्मात असिना पानी परेको छ ।

अघिल्लै दिनदेखि मौसममा आएको परिवर्तनका कारण बिहान ११ बजेदेखि १२ बजेसम्म वर्षा भएको हो ।

हावाहुरीसँग एक्कासी पानी परेपछि सडकमा यात्रा गर्ने यात्री र सर्वसाधारण सास्यामा परे । वर्षासँगै फट्टफुट्ट असिना पनि परेको छ ।

बुधबार पनि हल्का वर्षा भएको थियो ।