मन्त्री अधिकारीको सम्मानमा शोकसभा गर्दै हल्दिबारीले झुकायो आधा झण्डा

विर्तामोड / संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रबिन्द्र अधिकारीको निधनमा सम्मान स्वरुप हल्दिबारी ४ नं वडा कार्यालयले शोकसभा गरी राष्ट्रिय झण्डा आधा झुकाएको छ ।

हल्दिबारी गाउपालिका वडा नं -४, ले देशका पर्यटनमन्त्री सहित ७ जनाको बुधबार पाथीभरा दर्शन गरि काठमाडौ फर्कने क्रममा ताप्लेजुुङमा हेलिकप्टर दुर्घटनामा परि अकल्पनीय मृत्यु भएकोमा आधा झण्डा झुकाउँदै शोकसभा गरेको वडा सदस्य महेश मेचेले जानकारी दिए ।

हल्दिबारी ४ नं वडा कार्यालयले आकस्मिक बैठक बसि मृतक सबैप्रति श्रदाञ्जली दिंदै सम्मान प्रकट गरेको वडा सदस्य मेचेले बताए । तस्वीर- महेश मेचे