सहारा पोखरालाई हराउँदै आयोजक झापा गोल्डकपको क्वाटर फाइनलमा(भिडियो)

गोपिन पोखरेल

विर्तामोड / चौथो झापा गोल्ड अन्तर्गत मगमग झापा ११ एफसी र सहारा पोखरा एफसी बिच डोमालाल राजवंशी रंगशालामा आज भएको उद्घाटन खेलमा झापा ११, २-० गोलले विजयी भएको छ ।

झापा ११ का कजिम बुखारीले ४० औं मिनेट र सञ्जोग राईले खेलको ४५ औं मिनेटमा १/१ गोल गरेका थिए । सहारा पोखराका तर्फबाट निक्कै राम्रा मुभहरु सृजना भए पनि गोल हुन भने सकेन ।

सहारा पोखरालाई हराउँदै आयोजक मगमग झापा ११, प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको म्यान आफ द म्याच झापा ११. का सञ्जोग राई घोषित भए उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिता उद्घाटनसत्रका प्रमुख अतिथि आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले राइलाई पुरस्कार प्रदान गरेका थिए ।

भोलीको दोस्रो खेल मोरङ ११ एफसी र सशस्त्र प्रहरी बल बिच दिउँसो २ बजे हुने आयोजकले जनाएको छ । झापा गोल्डकपको उद्घाटन आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले गरेका थिए ।

उद्घाटनसत्रमा प्रदेश सभासद् एकराज कार्की, विर्तामोड नगरउपप्रमुख पवित्रा महतरा प्रसाईलगायतले प्रतियोगिता सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

गोल्डकपका अध्यक्ष महेन्द्र गिरीको अध्यक्षतामा भएको उद्घाटनसत्रमा वरिष्ट उपाध्यक्ष बलराम कार्कीले अतिथिहरुलाई स्वागत गरेका थिए भने कार्यक्रम पत्रकार केशव भट्टराइले सञ्चालन गरेका थिए ।