झापा गोल्डकपमा आज मोरङ ११ र सशस्त्र प्रहरी भिड्ने

विर्तामोड / मगमग चाउचाउद्वारा प्रायोजित चौथो झापा गोल्ड अन्र्तगत आजको खेल मोरङ ११ एफसी र सशस्त्र प्रहरी बल बिच हुँदैछ ।

विर्तामोडस्थित डोमालाल राजवंशी खेल मैदानमा दिउँसो २ बजे देखि विभागीय टोली सशस्त्र प्रहरी बल र मोरङ ११ आम्नेसाम्ने हुँदैछन् ।

हिजो भएको झापा गोल्डकपको उद्घाटन खेलमा झापा ११ ले सहारा पोखरा क्लवलाई २ ० गोलले पराजित गरेको थियो ।

जीतसँगै मगमग झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको छ भने सहारा पोखरा घर फर्किएको छ । क्वार्टर फाइनलमा झापा ११ ले हङकङ नेप्लिज एकाडेमीसँग खेल्ने छ ।

उद्घाटन खेलमा झापा ११ ले जीतका लागि कजिम बुखारीले ४० औं मिनेट र सञ्जोग राईले खेलको ४५ औं मिनेटमा १ १ गोल गरेका थिए ।