किन पड्किन्छ आफै आर्मी र प्रहरीका बन्दुकहरु, बन्दुक पड्किएर एक सेनाको मृत्यु

समाचार

धनकुटा । आफैंले बोकेको बन्दुकको गोली लागेर नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।

एम १६ राइफलको गोली लागेर धनकुटाको बरख गणमा कार्यरत सैनिक जवान चेतराज जोशीको मृत्यु भएको हो ।  गोली लागेर गएराति गम्भीर घाइते भएका जोशीलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको थियो ।

तर, उनको बेलुका नै मृत्यु भयो । प्रहरी अधिकारीले बन्दुक भूलवस पड्किएको जस्तो देखिएको बताए पनि बन्दूुक किन र कसरी पड्कियो भन्ने अनुसन्धान भइरहेको बताइएको छ ।

 २ साताअघि १ फागुनमा झापाका एक प्रहरी जवानले बोकेको सर्ट गनको छर्रा लागेर झापाकी पत्रकार सुनिरा मैलाली घाइते भएकी थिइन् । सडक गस्तीमा रहेका प्रहरी जवान लक्ष्मण शेर्पाले बोकेको सर्टगन झापाको लक्ष्मीपुर चोकमा अचानक पड्किएको थियो ।

करिब ३ सय मिटर टाढा रहेकी पत्रकार मैनालीको खुट्टामा सर्टगनको गोलीको छर्रा लागेको थियो ।