पूर्वमन्त्री भरतमोहन अधिकारीको अन्त्येष्टि

काठमाडौं / पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

पूर्वमन्त्री अधिकारीलाई उनका तीन छोरीले दागबत्ति दिएका छन् । अन्त्येष्टिअघि आर्यघाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले राष्ट्रिय झण्डा ओढाए ।

८२ वर्षीय अधिकारीको शनिबार राति ह्याम्स हस्पिटलमा उपचारका क्रममा निधन भएको थियो ।