मोरङ ११ लाई हराउदै एपिएफ क्वार्टर फाइनलमा प्रवेश

खेलकुद

विर्तामोड / मोरङ ११ लाई १-० गोलले हराउँदै विभागीय टोली सशस्त्र प्रहरी बल चौथो झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

सशस्त्र प्रहरी बलका लागि खेलको ११ औं मिनेटमा हरी कार्कीले ‘फ्लीक हेड’ मार्फत गरेको गोल नै निर्णायक बन्यो ।

खेलको पुरा अवधिमा पनि मोरङ ११ ले कुनै गोल गर्न सकेन । आजको खेलको ‘म्यान अफ द म्याच’ हरी कार्की घोषित भए ।

उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । एपिएफले मोरङका खेलाडी विरुद्ध ‘पोटेक्स’ हालेपछि खेल करिब २३ मिनेट स्थगित भएको थियो ।

भोलीको पहिलो क्वार्टर फाइलन खेल मगमग झापा ११ एफसी र हङकङ नेप्लीज एकाडेमी बिच हुनेछ ।

प्रतियोगिताको विजेताले १२ लाख ५० हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।