त्रिभुवन आर्मी झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश

खेलकुद समाचार

गोपिन पोखरेल-

विर्तामोड / सशस्त्र प्रहरी बललाई ३-० गोल अन्तरले पाखा लगाउँदै त्रिभुवन आर्मी झापामा जारी मगमग झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

आज भएको क्वार्टफाइनल खेलमा विभागिय टोली आर्मीले अर्को विभागिय टोली सशस्त्र प्रहरीलाई ३-० गोलले पाखा लगाउँदै आर्मीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

आर्मीका लागि टंक बस्नेतले पहिलो हाफको ४३औं मिनेटमा १ गोल गर्र्दै अग्रता दिलाए । खेलको दोस्रो हाफको ८६औं मिनेटमा आर्मीका सन्तोष तामाङले फ्रि किक मार्फत सुन्दर गोल गरे ।

त्यस लगत्तै आर्मीका नवयुग श्रेष्ठले ८८औं मिनेटमा अर्को उत्कृष्ट गोल गर्दै खेल ३ गोलको अग्रता दिलाए । सशस्त्र प्रहरी बलको तर्फबाट कुनै गोल हुन सकेन ।

आजको खेलकोम्यान अफ द म्याच आर्मीका सन्तोष तामाङ घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । भोलीको खेल नेपाल पुलिस क्लव र थ्रिस्टार क्लव बिच हुने आयोजकले जनाएको छ ।