‘कमल थापालाई हेटौँडाले चिन्न सकेन झापा लगेर जिताएर पठाउँछु’- सांसद् लिङ्देन

हेटौँडा / राप्रपाका वरिष्ट नेता तथा प्रतिनिधिसभा सांसद राजेन्द्र लिङ्देलले कमल थापालाई मकवानपुरका जनताले बुझन नसकेको बताएका छन् ।

राप्रपाको मेचि–महाकाली राष्ट्रिय अभियान अन्र्तगत आज हेटौँडामा भएको आमसभामा बोल्दै सांसद् लिङ्देनले कमल थापाजस्तो ब्यक्तिलाई हेटौंडाका जनताले बुझ्न नसकेको बताए ।

सांसद् लिङ्देनले भने-‘आफ्नो नाभीमा भएको बास्ना थाहा नपाएर कस्तुरी डाँडाकाँडा हिडछ रे, तपाईले आफ्नै नाभीमा भएको बास्नालाई चिन्न सक्नु भएन र कहाँकहाँ भौतारिनुभो ?’

मकवानपुरले चिन्न नसकेको नेता कमल थापालाई अब झापा लगेर जिताएर पठाउने पनि सांसद् लिङ्देनले उद्घोष गरे ।

नेपालमा हिन्दु धर्मको विरोधमा विभिन्न भ्रमहरु सृजना गर्न खोजेको भन्दै उनले यस्तो भ्रममा नपर्न अनुरोध गरे । राप्रपाको मेचि–महाकाली राष्ट्रिय अभियान पूर्वबाट शुरु भई आज हेटौंडा पुगेको हो ।