चुलाचुली किराँतेश्वर माविको वार्षिक उत्सव शुरु

चुलाचुली / ईलामको चुलाचुली गाउँपालिका ३ स्थित श्री किराँतेश्वर माध्यमिक विद्यालयको ५० औं वार्षिक उत्सव समारोह २०७५ आजबाट विविध कार्यक्रम गरी मनाउन सुरु गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुक्रप्रसाद थलुङ्गको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईले ५० वटा पानसमा बत्ती बालेर र केक काटेर वार्षिकोसव समारोहको उद्घाटन गरेका हुन् ।

उद्घाटन पछि आफ्नु मन्तव्यमा राईले विद्यालयको स्तर उन्नती र गुणस्तर शिक्षाका लागी गाउँपालिका सधै सकारात्मक रहेको बताउँदै भरपुर सहयोग गर्न आफु तयार रहेको बताए ।

विशेष अतिथि चुलाचुली गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्य न्यौपाने, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधी सेतुप्रसाद राई, समाजसेवी राजेन्द्र केरुङ्ग, जनता माविका प्रधान अध्यापक लक्षिश्वर वनवारी, वडा अध्यक्ष कालिदाश भट्टराई र नरेन्द्र लावती ,पूर्व विद्यार्थी सुभास आङ्गथोपो लगायतले किराँतेश्वर माध्यमिक विद्यालय चुलाचुली गाउँपालिका कै पहिलो स्थापित विद्यालय हो ।

जसले गाउँपालिकामा शिक्षाको विजारोपण गर्न सफल विद्यालयको रुपमा विकास भएका भन्दै शुभकामना दिएका थिए ।
विद्यालयका प्रधानाध्यापक कमलप्रसाद अधिकारीले स्वगत मन्तव्य राखेका थिए भने शिक्षक डिल्ली राम न्यौपानेले कार्यक्रम सन्चालन गरेका थिए ।

सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी बनाउन सुरु गरिएको कार्यक्रममा मंगलबार पहिलो दिनको कार्यक्रम अन्तरगत भाले जुधाई, हिसाव दौड, चम्चा दौड , रिले दौड, हण्डी फोर , स्लो मोटरसाईकल रेस, भित्र बाहिर, च्याब्रुङ्ग नाच, कोकको बोतल छोप्ने लगायतका खेल सम्पन्न भएका छन् ।

त्यसैगरी बुधबार हुने खेलमा चित्रकला प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, विभिन्न प्रकारका दौड, भलिवल, चण्डी नाच, धाननाच, खुल्ला गजल प्रतियोगिता, म्युजिकल चियर्स ,नृत्य, रक्तदान कार्यक्रम फुटवल, छेलो हान्ने, भलिवल, डम्फु नाच, बालन नाच, धामी झाक्री, विभिन्न जनजातिका नृत्य रहेको विद्यालयले जनाएको छ ।