खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुने

काठमाडौं / ग्यास उद्योगी तथा व्यवसायीले आन्दोलन फिर्ता लिएपछि अब बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुने भएको छ ।

गत शुक्रबारबाट व्यवसायी आन्दोलनमा उत्रिएपछि बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भएको थियो ।

नेपाल आयल निगममा मंगलबार भएको वार्तामा आन्दोलन स्थगित गर्ने सहमति भएको छ । अब उद्योगीले भारतका ग्यास डिपोबाट ग्यास उठाउन सुरु गर्नेछन् ।

ढुवानी भाडा र कमिसन कमिसन बढाउनुपर्ने लगायतका मागसहित उद्योगी/व्यवसायीले शुक्रबारदेखि ग्यासको पीडीओ लिन छाडेका थिए ।