झापा गोल्डकपमा आज नेपाल प्रहरी र थ्रिस्टार खेल्ने

विर्तामोड / झापाको डोमालाल राजवंशी रंगशालामा जारी चौथो संस्करणको झापा गोल्डकप अन्तर्गत आज विभागीय टोली नेपाल प्रहरी र रुस्लान थ्रिस्टार आम्ने साम्ने हँदैछन् ।

विजयी हुने टोली सेमीफाइनल प्रवेश गर्नेछ । आजको विजेताले सेमीफाइनलमा आयोजक झापा ११ सँग प्रतिस्पर्धा गर्नेछ । झापा गोल्डकपमा तीन विभागिय टोली सहित १० टीमको सहभागिता छ ।

झापा गोल्डकपमा सहारा पोखरा, हङ्कङ नेप्लिज एकाडेमी, मोरङ ११ र एउटा विभागिय टोली सशस्त्र प्रहरी बल प्रतियोगिताबाट बाहिरी सकेका छन् ।

प्रतियोगितामा सहभागी मध्ये नेपाल प्रहरी र रुस्लान थ्रिस्टारको खेल आज हुँदैछ भने मनाङ मस्र्याङ्दी र लाली रुपन्देही ११ ले खेल्न बाँकी छ ।

प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।