आँखा शिविर ३२० बिरामीले लिए नि:शुल्क सेवा

समाचार स्थानीय

मेचीनगर / झापाको मेचीनगर ११ स्थित धाईजन स्वास्थ्य चौकीमा स्व. बच्छला देवी सोसियल फाउन्डेशनको आयोजनामा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।

उक्त शिविरमा प्रत्यक्ष्य रुपमा ३२० जना बिरामीले नि:शुल्क सेवा लिनुका साथै आँखामा गम्भीर समस्या देखिएका १७ जना बिमारीले मेची नेत्रालय काकरभिट्टामा नि:शुल्क शल्यकृयाको अवसर प्राप्त गरेका छन् ।

सो अवसरमा निशुल्क औषधि एवं चस्मा समेत वितरण गरिएको थियो । शल्यकृया भएका सपूर्ण बिरामीले अस्पतालमा लाग्ने अतिरिक्त शुल्क सहित ल्याउने पुर्याउने यातायातको समेत ब्यवस्ता गरीएको छ ।

स्व.बच्छला देवीको जन्मदिनको अवसर पारेर आयोजना गरिएको उक्त शिविरमा गरिव तथा दिन दुखी स्थानीयले उपचारको मौका प्राप्त गरेका हुन् ।

स्व. बच्छला देवी सोसियल फाउन्डेशनको मुख्य आयोजना रहेको उक्त कार्यक्रमा मेची नेत्रालयको प्राविधिक सहयोग रहेको थियो भने धाईजन वडा कार्यालयले व्यवस्थापनमा सहयोग पुर्याएको थियो ।

हरेक बर्ष यस्तै सामाजिक कार्यमा अग्रसर हुदै आएको फाउन्डेशनले स्वास्थ्य चौकी निर्माणको लागी १.५ कट्ठा जग्गा समेत दान गरेको छ ।

अष्ट्रेलियामा बस्दै आएका स्व. बच्छला देबिका नाति सुमन देउजाको आर्थिक सहयोग तथा फाउन्डेशनका सम्पूर्ण सदस्यको सकृयतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

सामाजिक कार्यमा रुची राख्ने बच्छला देवीकै कार्यलाई जीवन्त राख्न यस्ता कार्यलाई अघी बढाएको फाउन्डेशन उपाध्यक्ष हिमादेवी देउजालाई उदृत गर्दै फाउण्डेशनका सदस्य एवं कार्यक्रम संचालक लक्ष्मीकान्त खनालले जानकारी दिए ।