गोल रक्षक नायक बन्दा थ्रिस्टार सेमीफाइनलमा, नेपाल पुलिस बाहिरियो (भिडियो)

खेलकुद समाचार

विर्तामोड / टाइब्रेकरमा थ्रिस्टारका गोल रक्षक एलन नेउपाने नायक बन्दा नेपाल पुलिस क्लव झापा गोल्डकपको जारी प्रतियोगिताबाट बाहिरिएको छ ।

भापाको डोमालाल राजवंशी रंगशालामा थ्रिस्टार र नेपाल पुलिस क्लव बिच आज भएको क्वार्टर फाइनल खेलमा थ्रिस्टार ३ ० गोल अन्तरले विजयी भएको हो ।

खेलको निर्धारित समयमा दुबै टीमबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा थ्रिस्टारका गोलकिपर एलन नेउपानेले २ गोल सेभ गरे । जीतसँगै थ्रिस्टार जारी प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भयो ।

                                         (भिडियो)

पुलिसका विराट शाह र अजित भण्डारीले प्रहार गरेको गोल एलन नेउपानेले बचाएका हुन । थ्रिस्टारका विजय धिमाल, बुद्धराज लिम्बू र रुपेश केशीले गोल गरे । पुलिसका रवि पासवानको बल बाहिरिएको थियो ।

खेलको म्यान अफ द म्याच थ्रिस्टारका एलन नेउपाने घोषित भए । उनले नगद १५ हजार पुरस्कार पाए । भोलीको खेल रुपन्देही ११ र दाफिन्स फुटबल क्लव क्यामरुन बिच हुने आयोजकले जनाएको छ ।