झापा गोल्डकपमा आज क्यामरुनको दाउफिन्स र रुपन्देही ११ भिड्दै

खेलकुद समाचार

विर्तामोड / झापा गोल्डकपमा आज लाली रुपन्देही ११ र दाउफिन्स फुटबल क्लव क्यामरुन बिच खेल हुँदैछ ।

झापाको विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा दिउसो २ बजेपछि खेल सुरु हुने आयोजकले जनाएको छ ।

खेलको टाइसिट सार्वजनिक भइसके पनि मनाङ मस्र्याङ्दीले गोल्डकप खेल्न नसक्ने जनाएपछि उसको ठाँउमा क्यामरुनको दाउफिन्स फुटबल क्लव सहभागी हुन नेपाल आएको हो ।

विदेशी खेलाडीहरुको खेल निक्कै नै रोचक हुने आयोजक र दर्शकको अपेक्षा छ ।

एएफसी कपको तयारी गर्नुपर्ने जनाउँदै मनाङ मस्र्याङ्दीले खेल्न नसक्ने जानकारी आयोजकलाई गराएको हो । झापा गोल्डकप आयोजकले यसअघि मनाङ मस्र्याङ्दी र लाली रुपन्देही ११ ले खेल्ने टाइसिट सार्वजनिक गरिसकेको थियो ।

त्यसकारण आज रुपन्देही ११ र दाउफिन्स फुटबल क्लब भिड्ने भएका छन् । खेल जित्नका लागि दाउफिन्स फुटबल क्लबले राम्रो वामअफ र तयारी गरिरहेको छ । दाउफिन्सको तयारी हेर्न भिडियो लिंकमा क्लिक गर्नुहोला ।

दाउफिन्स र रुपन्देही ११ बीच हुने खेलको विजेताले त्रिभुवन आर्मीसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।
प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।