झापा गोल्डकपमा क्यामरुनको दाउफिन्स र आर्मी भिड्दै

खेलकुद समाचार

विर्तामोड / झापा गोल्डकपमा दोस्रो सेमीफाइनलमा आज क्यामरुनको दाउफिन्स र नेपाल आर्मी बिच खेल हुँदैछ ।

झापाको विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा दिउसो २ बजेपछि खेल सुरु हुँदैछ । आजको विजेता टोलीले फइनलमा झापा ११ सँग उपाधीका लागि प्रतिष्पर्धा गर्नेछ ।

आजको खेल राष्ट्रिय खेलाडीले भरिएको त्रिभुवन आर्मी र विदेशी खेलाडीको खेल निक्कै नै रोचक हुने आयोजक र दर्शकको अपेक्षा छ ।

दाउफिन्स क्लव रुपन्देही ११ लाई पाखा लगाउँदै सेमीमा प्रवेश गरेको हो भने आर्मीले एपीएफलाई हराउँदै सेमीफाइनल प्रवेश गरेको हो ।

प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।