झापा गोल्डकप फाइनलमा झापा ११ र आर्मीको प्रतिष्पर्धा हुने

विर्तामोड / दाउफिन्स फुटबल क्लवका खेलाडीले गरेको आत्मघाती १ ० गोलको मद्यतले त्रिभुवन आर्मी चौथो झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
फाइनलमा त्रिभुवन आर्मीले मगमग झापा ११ एफसीसँग उपाधीका लागि २७ गते प्रतिष्पर्धा गर्नेछ ।

झापाको डोमालाल रंगशालामा आज भएको प्रतिष्पर्धात्मक खेलमा खेलको पहिलो हाफमा दाउफिन्सका खेलाडीले डिबक्स एरियामा बललाई क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा गोल भएको थियो ।

सोही १ गोलको मद्यतले त्रिभुवन आर्मी दाउफिन्सलाई हराउँदै फाइनल प्रवेश गरेको हो ।

प्रतियोगितामा त्रिभुवन आर्मीका विमल पाण्डे म्यानअफ द म्याच घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे ।

जारी प्रतियोगिताको फाइनलमा झापा ११ सँग आर्मीको यो तेस्रो भेट हो । फाइनलको उपाधी कस्ले जिल्छ त्यो सोमबारको खेलले निर्णय गर्ने छ ।

झापा गोल्डकपमा आर्मीसँग तेस्रो पटक फाइनल खेल्दै गरेको झापाले यसपटक भने उपाधी रक्षा गर्छ भन्ने धेरैको बुझाई छ । उपाधी विजेताले नगद १२ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।