नेपाल र भारतका सुरक्षा अधिकारी बिच  ७२ घण्टा सिमा नाका सिल गर्ने सहमती 

विर्तामोड / भारतमा निकट भविश्यमा हुन गइरहेको लोकसभा निर्वाचनलाई लिएर नेपाल र भारतका सुरक्षा अधिकारीहरु बिच ७२ घण्टा सिमा नाका सिल गर्ने सहमती भएको छ ।

निर्वाचनका बेला सिमामा हुनसक्ने अवान्छित गतिविधि रोक्न भारतको किशनगञ्ज जिल्ला र नेपालको झापा जिल्लाका सुरक्षा अधिकारी बिच सिमा नाका बन्द गर्ने सहमती भएको हो ।

शुक्रबार  भारतको किशनगञ्ज जिल्लामा सम्पन्न बैठकमा निर्वाचनको बेला सिमामा हुने अवान्छित गतिविधि रोक्ने सहमती भएको छ ।

बैठकमा किशनगञ्ज जिल्लाका प्रमुख, सुरक्षा निकायका प्रमुख र झापाका प्रमुख जिल्ला अधिकारी, तीनवटै सुरक्षा निकायका प्रमुख (एस्पी ) लगायतको सहभागिता थियो ।

बैठकमा बोर्डरआसपासका वजारमा मदिराजन्य बस्तुको विक्री वितरणमा रोक लगाउने, सिमानाकामा उच्च सर्तकताका साथ निगरानी बढाउनेलगायतका निर्णय भएको बताइएको छ ।

भारतमा निकट भविश्यमै लोकसभाको निर्वाचन हुन गइरहेको छ ।