गोमेन्द्र कलेजको २३औं वार्षिक उत्सवमा शिक्षासेवी मुखियासहित दर्जनौं सम्मानित

विर्तामोड / पूर्व श्रोत व्यक्ति एवम् शिक्षक इन्द्रबहादुर मुखिया ‘गोमेन्द्र सम्मान २०७५’ बाट सम्मानित भएका छन् ।

गोमेन्द्र कलेजले कलेजको २३औं वार्षिक उत्सवको अवसरमा शिक्षक मुखियालाई नगद ११ हजार १११ रुपैयाँ र सम्मानपत्रले सम्मान गरेको हो ।

कलेजको वार्षिक उत्सव समारोहका प्रमुख अतिथि एवम् जिल्ला रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल र कलेजका संस्थापक प्रिन्सिपल गणेश खनालले मुखियालाई संयुक्त रुपमा नगद सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

गोमेन्द्र कलेजले ७१ सालदेखि समाजमा विशेष योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गर्दै आइरहेको छ ।

सो पुरस्कारबाट यसअघि पहिलो रिक्सा चालक महिला फुलमाया धिमाल, मानवअधिकारकर्मी स्वर्गीय लालराज सुवेदी, अग्रज पत्रकार नकुल काजी र रेडक्रस झापाका सभापति लोकराज ढकाल सम्मानित भइसकेका छन् ।

वार्षिकउत्सव समारोहमा कलेजले विविए र विसिए आइटी संकायमा अध्ययनरत उत्कृष्ट अंक ल्याउने छात्र छात्रालाई छात्रबृती र प्रोत्साहनबाट पुरस्कृत गरेको छ ।

त्यस्तै, २०५८ सालमा विसिए र विविए अध्यापन गर्न सुरु गर्दा विद्यार्थी भर्ना गरेर सहयोग गर्ने अभिभावकलाई समेत कलेजले सम्मान गरेको छ ।

सो अवसरमा कलेजलका संस्थापक गणेशप्रसाद खनालका पिताको नाममा स्थापित स्व. जयनारायण खनाल पुरस्कारबाट विविए तर्फ सन् २०१४ व्याजमा सर्वोत्कृष्ट अंक ल्याउने भुवन भण्डारी र गौरव उप्रेतीलाई पुरस्कृत गरिएको छ ।

उनीहरुलाई ५ हजार ५५५ रुपैयाँ नगद् र प्रमाणपत्र सहित पुरस्कृत गरिएको हो । त्यस्तै, शिक्षासेवी दाताराम खनालका नाममा स्थापित स्व. दाताराम खनाल पुरस्कारबाट विसिए सन् २०१४ व्याजमा सर्वोत्कृष्ट अंक ल्याउने लक्ष्मण जोशीलाई पुरस्कृत गरिएको थियो ।
जोशीलाई पनि नगद् ५ हजार ५५५ रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस्तै, प्रेमकुमारी वोहोराद्धारा स्थापित राधा सुवेदी पुरस्कारबाट विसिए कार्यक्रममा अध्ययनरत सन्देश ओली पुरस्कृत भएका छन् । उनलाई पनि नगद् ५हजार ५५५ रुपैयाँ र प्रमाण पत्र प्रदान गरिएको थियो ।

त्यस्तै, कलेजकी सह–प्राचार्य सरु खनालकी माता इन्द्र कुमारी भुर्तेल र पिता गोविन्द भूर्तेलको स्मृतीमा स्थापित गोविन्द इन्द्र स्मृती पुरस्कारबाट विविएमा अध्ययनरत छात्रा श्रेया थापा पुरस्कृत भइन् । उनलाई नगद् ५ हजार ५५५ रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै, विविए संकायमा सेमेस्टर प्रथम भई छात्रबृती प्राप्त गर्ने विद्यार्थीहरुलाई छात्रबृती प्रदान गरिएको थियो ।

कार्यक्रममा भुवन भण्डारी, गौरव उप्रेती, सामना लिङ्देन, सृजना राई, कैलाश ढुङ्गेल, मेजीला घिमिरेलाई विभिन्न व्याजमा उत्कृष्ट अंक ल्याएको भन्दै ३२ हजार रुपैयाँ बराबरको छात्रबृतीले पुरस्कृत गरिएको थियो ।

त्यस्तै, सामना लिङ्देन र देवेश देवलाई पनि १६ हजार रुपयाँ बराबरको छात्रबृती प्रदान गरिएको थियो ।

त्यसैगरी, विसिए कार्यक्रम अन्तर्गत झलनाथ चापागाँई, जीवन पौडेल, सुजन सापकोटा, सुजन राई, लक्ष्मण जोशी, रजत संग्रौला, रामु आले, अभिशेक रिजाल, विनय सिटौला, वादल न्यौपाने, विजय धिमाल, सुमन भट्टराई, सागर कडरियालाई विभिन्न सेमेस्टरमा ल्याएको अंक प्रतिशतका आधारमा क्रमशः ३५ हजार १७ हजार ५०० र ११ हजार ६६६ रुपैयाँ बराबरको छात्रबृती प्रदान गरिएको थियो ।

त्यस्तै, सिमान्तकृत वर्गका पूर्व विद्यार्थी राजु उराउलाई ८१ हजार रुपैयाँ बराबरको छात्रबृती प्रदान गरिएको थियो ।

सोही कार्यक्रममा भारतमा भएको कोच राजवंशी जातीय ‘मिस्टर कान्ताश्री २०१८’ उपाधी जित्न सफल विविएमा अध्ययनरत विद्यार्थी विश्वकिरण राजवंशीलाई पनि दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

वार्षिक उत्सवकै अवसरमा विविए र विसिए कार्यक्रममा विद्यार्थी भर्ना गरेर सहयोग गरेको भन्दै श्यामप्रसाद, शान्ता तिम्सिना, हरीप्रसाद, गीता न्यौपाने, गोकुल, तुलसा गिरी, उदय, धनकुमारी गुरुङ, भोलानाथ, दुर्गादेवी गुरागाँई, होमप्रसाद, राधादेवी भट्टराईलगायत २० भन्दाबढी अभिभावकहरुलाई सम्मान गरिएको थियो ।

वार्षिक उत्सव समारोह कलेजका संस्थापक प्राचार्य गणेशप्रसाद खनालको सभापतित्वमा भएको थियो भने सञ्चालन शिक्षक शेखर पाण्डेले गरेका थिए ।

कलेजकी सह प्राध्यापक सरु भूर्तेल र विद्यार्थी अनुस्का समाल मगरले स्वागत गरेको कार्यक्रममा पुरस्कृत व्यक्तित्व पूर्व श्रोतव्यक्ति मुखिया, प्रमुख अतिथि रेडक्रस सभापति ढकाल, कलेजका प्राचार्य रुपक खनाल, एक्सल डेभलपमेन्ट बैंक विर्तामोडका सदस्य सचिव श्याम बोहोरा, विर्तामोड नगरपालिका वडा नं ४ का अध्यक्ष कुलप्रसाद संग्रौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वार्षिक उत्सवको अवसरमा विभिद सांस्कृतिक कार्यक्रम समेत भएको थियो । कार्यक्रममा २३औं वार्षिक उत्सवलाई भव्य बनाउन केक समेत काटिएको थियो ।