इलाममा माईभ्याली गोल्डकप सुरु आयोजकलाई हराउँदै दार्जिलिङ विजयी

खेलकुद प्रदेश समाचार

इलाम / इलाममा आजदेखि अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फूटबल प्रतियोगिता सुरु भएको छ ।

उद्घाटन खेलमा पाहुना टोली युनाईटेड क्लब दार्जिलिङ भारतले विजयी सुरुआत गरेको छ । आयोजक माईभ्याली फूटबल क्लब इलामविरुद्ध १–० को संघर्षपूर्ण जित निकाल्दै दार्जिलिङले विजयी सुरुआत गरेको हो ।

खेलको इन्जुरी समयमा दार्जेलिङका देवासिस राइले गोल गरे । आयोजकले कुनै गोल गर्न सकेन । म्यान आफ द म्याच पनि विजेता टोलीका वाङदेन तामाङ घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

प्रतियोगितामा सोमबारको खेल हिमालयन शेर्पा क्लब काठमाण्डौं र नेप्लीज फूटबल एकाडेमी हङकङबीच हुनेछ । प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका टिमको सहभागिता रहनेछ ।

यसपटक दाउफिन्स क्लब क्यामरुन, नेपाल फूटबल एकाडेमी हङकङ, त्रिभुवन आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको (एपीएफ), हिमालयन शेर्पा क्लब काठमाडौं, थ्रीस्टार क्लब ललितपुर,दाजिलिङ युनाईटेड क्लब भारत, मेची नेत्रालय झापा र आयोजक माइभ्याली फूटबल क्लबको सहभागिता हुनेछ ।

प्रतियोगिताको फाइनल चैत ५ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ७ लाख र उपबिजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।