सर्लाहीमा ४ घर जलेर नष्ट

समाचार समाज

मलंगवा / सर्लाहीको पर्सा गाउँपालिका-४ कविलासी टोलमा मंगलबार राति लागलागी हुँदा ४ घर जलेर नष्ट भएका छन्। आगलागीबाट  १४ लाख ७५ हजारको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

कविलासी टोलका नरेश राय यादवको घरमा विद्युत सर्ट भई आगलागी हुँदा सोही ठाउँका उपेन्द्र यादव, बसीर बैठा धोबी, हकिम बैठा धोबी र ईस्लाम बैठा धोबीको घर जलेर नष्ट भएको हो।