देउवाले गरे सरकारको निर्णयको स्वागत

राजनीति समाचार

विराटनगर / नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बर्तमान सरकारले गरेका केही महत्वपूर्ण निर्णयको स्वागत गरेका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज संक्षिप्त कुरा गर्दै पूर्व प्रधानमन्त्री देउवाले सार्वजनिक एवं निजी सम्पत्ति तोडफोड, जनतामा त्रासको वातावरण सिर्जना गर्ने क्रियाकलापको नियन्त्रण गर्न सरकारले गरेको निर्णय उचित भएको प्रष्ट पारे ।

सरकारले आतङ्ककारी गतिविधिमा संलग्न नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको बताएका छन् ।

देउवाले विखण्डनवादी सोचका सिके राउतलाई राष्ट्रिय राजनीतिमा ल्याउन र वर्तमान संविधानलाई स्वीकार्य गराउन गरिएको सरकारको सहमति राम्रो काम भएको बताए ।

उनले सर्वोच्च अदालतबाट टीकापुर घटनाका दोषी रेशम चौधरीलाई सजाय हुनु निहत्था मृत्यु भएका जनताले न्याय पाएको बताउँदै वार्ताका लागि भनेर प्रहरीलाई हतियारबिना आउन आह्वान गरी प्रहरी र बालकको हत्या गर्नु अपराधी क्रियाकलाप भएको धारणा व्यक्त गरे ।

सरकारले पछिल्लो पटक पृथकताबादी आन्दोलन चर्काईरहेका सिके राउतसँग सहमती गरेर लाई मुल धारको राजनीतिमा आउने बाटो खोलि दिएको थियो । त्यस्तै, रेशम चौधरीलाई सजाय दिलाउने कार्य, विप्लव समुहलाई प्रतिबन्ध लगाउने जस्ता निर्णय सरकारले गरेको छ ।