गजल- दुर्गाप्रसाद कडरिया

कथा कविता लेख रचना साहित्य

गजल-


गर्मी बढ्दै छ आमा खाडिमा, गर्मी बढ्दै छ

सम्झीएर तिमीलाई,आमा यो मन डढ्दै छ

साहुको ॠण सम्झिएर, दिनरात नभनेरै

यो पर्देशी दु:ख अनि अभावसंग लड्दै छ

बोट हुन्न रहेछ आमा,पैसा टिप्ने प्रदेशमा,

रातदिन नभनेरै आमा, मेहनतले काम गर्दैछ

भत्किएको रहरहरू धेरै थिए जीवनमा

प्रदेशीले एकएक गरि दु:खसंग जोड्दैछ

सपना सुनौलो देखि प्रदेशीएको ठिटो आज

यथार्थ बुझी प्रवासको, पराई भुमी छाड्दै छ

-दुर्गा प्रसाद कडरिया (झापाली कान्छो) हाल युएई