गोरु काट्दै गर्दा झापामा एक व्यक्ति रङ्गेहात पक्राउ

झापा  / गोरु काट्दै गरेको अवस्थामा झापामा एक व्यक्ति रङ्गेहात पक्राउ परेका छन् । झापा कचनकवल गाउँपालिका ४ मा गोरु काट्दै गर्दा सोही ठाँउका ४५ वर्षीय फत्ते मोहमद मियाँ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी र जनपथ प्रहरीको गस्ती टोलीले शनिबार विहान ९ बजे मियाँलाइ घटना स्थलबाट नै पक्राउ गरिएको थियो ।

मियाँलाई जिल्ला प्रहरी कार्यालय पठाइएको र गोरुलाइ स्थानीय, जनप्रतिनिधि, पशु क्वारेन्टाइनको रोहवरमा गाडिएको इलाका प्रहरी कार्यालय वनियानीले बताएको छ ।

पक्राउ परेका मियाँलाई निषेधित पशु महल अनुसार मुद्दा दर्ता भइ कम्तिमा तीन वर्ष कैद सजाय हुनसक्ने कानूनमा उल्लेख भएको प्रहरीले जनाएको छ ।