हेटौँडामा १३ हजार कुखुरा नष्ट

मकवानपुर / बर्डफ्लुको पुष्टि भएपछि हेटौँडामा आइतबार बिहानसम्म १३ हजार बढि कुखुरा नष्ट गरिएको छ । हेटौंडा ७ नागस्वतिको वर्डफ्लुको प्रकोप देखिएपछि कुखुरा नष्ट गर्ने क्रमलाई तिब्रता दिइएको हो ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार भेटनरी अस्पताल हेटौँडा, कुखुरा ब्यवसायी संघ, जिल्ला प्रहरी कार्यालय सहित स्थानीय कुखुरा ब्यवसायीहरुको सहभागितामा दिनभर र रातभरी पनि कुखुरा मारिएको हो । आइतबार दिनभर कुखुरा नष्ट गर्ने क्रम जारी रहने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी तामाङको अध्यक्षतामा शुक्रबार बसेको बैठकले ४१ हजार ५ सय कुखुरा नष्ट गर्ने निर्णय गरेको थियो ।