मिस नेपाल २०१९ को झापा अडिसन विर्तामोडमा

विर्तामोड / मिस नेपाल २०१९ को झापा अडिसन आगामी मंगलबार झापाको बिर्तामोडमा हुने भएकोछ । द हिडन ट्रेजरले गर्दे आएको प्रतियोगिताको यो २५ औं संस्करण हो ।

झापाको बिर्तामोड स्थित होटल फ्लोरिडामा हुने छनौट कार्यक्रमका लागि मिस नेपालकी कोरियोग्राफर रचना गुरुङ शर्मा र अभिनेत्री आना शर्मा झापा आइपुगेका छन् ।

आइतबार भएको पत्रकार सम्मेलनमा कोरियोग्राफर गूरुङले यो बर्षको प्रतियोगितालाई भव्य बनाउने जानकारी दिइन् । झापाबाट धेरै प्रतियोगिलाई सहभागी गराउने उद्येश्यले आफू स्वयंम छनौटका लागि आएको उनले बताइन् ।

झापामा सोमबार र मंगलबार कलेज एक्जिबेशन सहितका कार्यक्रम राखिएको हिडन ट्रेजरका प्रदेश १ का संयोजक प्रणित पुडासैनीले जानकारी दिए ।