अर्जुनधारामा सफल उद्यमीले दिए व्यवसायिक फुल तथा फलफुल खेती तालिम

केशवराज भण्डारी-

अर्जुनधारा / झापाको अर्जुनधारा नगरपालिकामा ७ दिने व्यवसायिक फुल, मेवा तथा कागती खेती सम्वन्धि तालिम सम्पन्न भएकोछ ।

अर्जुनधारा नगरपालिका वडा नं. १ वाट उद्यमशिलता विकास तालिमवाट छनौट भएका विपन्न समुदायका ९ जना कृषकलाई अर्जुनधारा नगरपालिकाकै समन्वयमा घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरले व्यवसायिक फुल, मेवा तथा कागती खेती सम्वन्धि सीपमुलक तालिम सञ्चालन गरेको थियो ।

फागुन २७ गतेदेखि चैत्र ३ गतेसम्म सञ्चालन भएको तालिम झापा मेचीनगर नगरपालिकास्थित धुलावारीमा फुल, मेवा तथा कागती साथै नर्सरी व्यवसाय सञ्चालन गरिरहेका सफल व्यवसायी डिल्लीराज उप्रेतीले प्रदान गरेका थिए ।

झापा जिल्लामा सफल कृषि ब्यवसायीहरुको संख्या सानो छ । त्यहि संख्यामा पर्ने एक सफल कृषि उद्यमी उप्रेती व्यवसायिक कृषि कर्मका एक योद्धाका रुपमा परिचित छन् ।

जिल्लामा कृषि विकासका लागि जिल्लास्थित कृषि कार्यालयवाट सञ्चालन हुने हरेक तालिममा मात्र सैदान्तिक ज्ञान भएका साविक जिल्ला कृषि विकास कार्यालयका कर्मचारीहरुले सञ्चालन गर्दै आएका प्रमाणहरु भेटिन्थे ।

तर, कृषिमै सैदान्तिक तथा व्यवहारीक ज्ञान हाँसिल गरेका सफल उद्यमीको सहयोगमा सञ्चालित तालिमवाट पक्कै पनि कृषकहरुले ब्यवहारीक ज्ञान हासिल गर्न सक्ने देखिन्छ ।

देशमा कृषि विकासमा आकर्षण भन्दा पनि यसमा वितृष्णा जाग्नेहरु वढेपछि घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर झापाले कृषिका कर्मचारीहरुवाट भन्दा पनि सफल उद्यमीको सहभागितामा तालिम सञ्चालन गरेको हो ।

विगत वर्षहरुमा कृषिमै सरकारी जागिर खाने कर्मचारीहरुवाट झापामा धेरै तालिमहरु सञ्चालन भएका रेकर्ड छन । तर, तालिम पश्चात कृषिमै सफल भएका ब्यवसायिहरु कमै मात्रामा भेटिन्छन ।

जसले जुन विषयमा राम्रो ज्ञान हाँसिल गरेको छ अर्थात सफल छ, त्यहि कृषकवाट घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरले सञ्चालन गरेको व्यवसायिक फुल, मेवा तथा कागती खेती सम्वन्धी सीपमुलक तालिमले नयाँ सन्देश दिएकोछ ।

जहाँ एक सफल उद्यमीलाई नै प्रशिक्षकको रुपमा उभ्याउँदै व्यवहारीक अनुभवकासाथ सैदान्तिक तालिम प्रदान गरेकोछ ।

जस्ले अव कृषि विकासका लागि राज्यले प्रत्यक्ष सहभागिता जनाएको ढोल पिट्नु छ भने विषयगत ब्यवहारिक ज्ञान हाँसिल गरेका सफल उद्यमीहरुको सहयोग लिन आवश्यक छ । सहभागिहरुमा आफ्नै दृष्टान्त दिदै उप्रेतीले सञ्चालन गरेको तालिम झापामा उदाहरणीय वनेको छ ।