विश्वव्यापी शैक्षिक सम्मेलनमा भाग लिन धर्मेन्द्र भट्टराई दुवई जाने

विर्तामोड / झापा बिर्तामोडका शैक्षिक क्षेत्रमा क्रियाशील शिक्षक धर्मेन्द्र भट्टराई मामा विश्वव्यापी शैक्षिक सम्मेलनमा सहभागी हुन दुबई जान भएका छन् ।

बेलायतको वार्की फाउण्डेशनद्धारा आयोजित ग्लोबल एजुकेशन एण्ड स्किल्स फोरम २०१९मा सहभागी हुन शिक्षक भट्टराई दुवई जान लागेका हुन् । यहि मार्च २२ देखि २४ तारिखसम्म युएइको दुबईमा सम्मेलन हुदैछ ।

खुल्ला प्रतिष्पर्धाबाट भट्टराई उक्त सम्मेलनमा सहभागी हुन भट्टराई छनोट भएका हुन् । शिक्षक भट्टराई नेल्टा झापाका अध्यक्ष तथा ब्रिटिश काउन्सिल नेपालका राष्ट्रिय प्रशिक्षक हुन । भट्टराई दुर्गा मावि गरामनीका शिक्षक समेत हुन् ।

विश्वका १५० भन्दा बढी देशका शिक्षा विशेषज्ञ, बैज्ञानिक, शिक्षक, प्रशिक्षकहरु सहभागी हुने उक्त सम्मेलनमा सन् २०३० सम्मको विश्वको शिक्षा कस्तो हुनुपर्छ भन्ने बिषयमा सहभागी बक्ताले आआफ्नो प्रस्तुती दिने कार्यक्रम रहेको बताइएको छ ।

सो कार्यक्रममा बिश्वभरबाट छनोट भएका टप ५० बेस्ट शिक्षकमध्ये १ जनालाई १ मिलियन डलरको ग्लोबल टिचर एवार्ड प्रदान गरिने छ । सम्मेलनमा विश्व भरिबाट ३ हजार जना सहभागी हुने आयोजकको दाबी छ । सम्मेलन तीन दिनसम्म चल्नेछ ।