गोमेन्द्र विर्तामोडलमा स्मार्ट क्लास सिस्टम शुरु हुँदै

विर्तामोड / दुई दशक लामो शैक्षिक इतिहास बोकेको गोमेन्द्र विर्तामोडल माध्यमिक विद्यालयले शैक्षिकसत्र ७६ देखि स्मार्ट क्लास सिस्टम (स्मार्ट कक्षा प्रविधि) लागु गर्ने भएको छ ।

विद्यार्थीलाई अहिलेको विश्वले अवलम्बन गरेको शैक्षिक प्रणालीमा अव्बल र दक्ष बनाउदै एउटा नयाँ अवसर सृजना गर्ने उदेश्यले स्मार्ट कक्षा सञ्चालन गर्न लागेको विद्यालयका निर्देशक उत्तम खनालले जानकारी दिए ।

नयाँ प्रविधि शुरु गरेपनि विद्यालयले भने कुनै अतिरिक्त शुल्क नलिने परानै शुल्कमा गुणस्तरीय शिक्षा दिन प्रयत्न गर्ने विद्यालयकी सह निर्देशक गीता ढकालले जानकारी दिइन् ।

‘नयाँ अवधारणासहित अघि बढ्ने भएतापनि कुनै पनि अतिरिक्त शुल्कको भार हामी अभिभावककलाई बोकाउने छैनौं’– विद्यालयका प्रिन्सिपल मनोज सिङले भने ‘यो हाम्रो प्रतिबद्धता हो र हामी हाम्रो प्रतिबद्धतामा अडिग मात्र होइन अटल पनि छौं ।’

Smart Class System नै किन ?

सिक्ने र सिकाउने दुबै विधिलाई अझबढी प्रभावकारी बनाउन

सुन्दै, हेर्दै र पढ्दै सिकिने प्रविधिलाई आज विश्वले नै अनुमोदन गरेको हुँदा,

किताबी ज्ञानका अतिरिक्त व्यावहारिक तथा रचनात्मक ज्ञानको अभिबृद्धि गर्न,

सिकाई विधि रोचक मात्र नभई मनोरञ्जनात्मक समेत हुने हुँदा के कति कसरी सिकियो सिकिएन भन्ने मुल्यांकन तत्काल गर्न सकिने हँदा,

Opportunity knocks your door, but once अर्थात अवसरले ढोका त ढक्ढक्याउँछ तर एक पटक मात्र ।

मानौं हामी, ठानौ हामी अनि मात्र जानौं हामी । यो अवसर हो । अवसर सबैका अगाडी छ । दुबै हातले यो अवसरलाई आफुतिर ल्याई उच्चतम सदुपयोग गर्न विद्यालयले अभिभावकलाई आग्रह गरेको छ ।

के के छ विर्तामोडल स्कूलमा ?

K 2 Policy  के टु पोलिसी

अंग्रेजी लेख्ने र बोल्ने कुराका साथै व्यक्तित्व विकासमा विशेष जोड दिने बातावरण छात्र छात्रा दुबैका लागि आवासीय सुविधा,

फराकिलो खेल मैदान जहाँ विभिन्न खेलकुद सजिलै सञ्चालन गर्न सकिने अवस्था र विद्यार्थीको रुची अनुसारको खेलकुद साथै अन्य क्रियाकलाप समेत सञ्चालन हुने वातावरण भएको ।