मोनिका एसइई दिने झापामै एक्ली दृष्टिविहिन विद्यार्थी

गोपिन पोखरेल-

विर्तामोड / १० चैतबाट सुरु हुने एसइई परिक्षामा झापाबाट एकजना दृष्टीविहिन विद्यार्थीले परिक्षा दिँदैछन् । साविक गरामनीको दुर्गा माविमा अध्ययनरत छात्रा मोनिका चौहान एसइईमा सहभागी हुने जिल्लामै एक्ली दृष्टीविहिन परिक्षार्थी हुन् ।

उनले विर्तामोडको अनारमनी मावि परिक्षा केन्दबाट एसइई दिँदै छिन् ।

दृष्टिविहिन विद्यार्थीका लागि विर्तामोडस्थित अनारमनी मावि परिक्षा केन्द्र ताकिएको जिल्ला लेखाजोखा केन्द्र झापाकी प्रमुख लुना शिवाकोटीले तहल्काखबरलाई बताइन् ।

बारदशी गाँउपालिका निवासी दृष्टिविहिन विद्यार्थी मोनिका दुर्गा माविबाट एसइई परिक्षामा सामेल हुँदैछिन् ।

‘एसइइमा म एक्लै छु अरे त्यसैले परिक्षामा कस्तो प्रश्नपत्र आउँछ भनेर अलिअलि डर लागिहेको छ’ चौहानले भनिन् । गतवर्षको एसइईमा ४ जना दृष्टिविहिन विद्यार्थी सामेल भएका थिए ।

परिक्षामा सामेल मध्ये सबै उतिर्ण भएको शिवाकोटीले जानकारी दिइन् । २०५६ सालदेखि ०७४ सम्म झापामा ४५ जना दृष्टिविहिन छात्रछात्राले एसइई परिक्षा उर्तिण गरिसकेका छन् ।