मर्ज भए यूएईमा कारोबार गर्ने नेपालीका तीन ट्राभल एजेन्सी

यूएई / यूएईमा व्यापारीक कारोबार गर्दै आएका नेपालीका तीन लोकप्रिय ट्राभल एजेन्सी मर्ज भएका छन् ।

दुबईमा नेपालीले सञ्चालन गरेका तीन ट्राभल एजेन्सी एउटै भएर कारोबार गर्न सहमत भएका हुन् । बरदुवईमा सञ्चालित शुभयात्रा ट्राभल एन्ड टुरिजम, काठमाडौं ट्राभल एन्ड टुरिजम र अल जजिरा अल तविला टुरिजम एलएलसी आपसमा गाभिएर शुभयात्रा ट्राभल एन्ड टुरिजमको ब्यानरमा कारोबार शुरु गरेको सञ्चालक मध्येका एक तोयम चौलागाईं (तोया) ले बताएका छन् ।

शुभयात्राका सञ्चालकहरु तोया चौंलागाईं, कृष्ण भट्टराई र डिल्ली मैनाली, काठमाडौं ट्राभलका सञ्चालक सूर्य गिरी र अल जजिरा अल तविलाका सञ्चालक भगवान रुपानी युएईको नेपाली ट्राभल व्यावसायको क्षेत्रमा स्थापित नाम हुन् ।

यी स्थापित तीन व्यावसायिक समूह एक भएर व्यवसाय सञ्चालन गर्न सहमत भएका हुन् ।

करिब ३ महिनाको बृहत छलफलपछि फुटेर भन्दा जुटेर व्यवसाय गर्दा व्यावसायिक भविष्य सुनिश्चित हुने र ग्रुप अफ कम्पनी सञ्चालन गर्न सकिने भन्दै तीन कम्पनी एउटै गरिएको व्यवसायी तोया चौलागाईंले जानकारी दिएका छन् ।

‘एउटै ठाउँमा एउटै प्रकृतिका व्यवसाय गर्दा अस्वस्थ प्रतिस्पर्धा हुने भएकाले मिलेर काम गर्न एक भएका हौं,’ व्यवसायी सूर्य गिरीले भने ।
तीनवटा ट्राभल मर्ज भएपछि बरदुबइमा शुभयात्राको नामबाट कार्यालय राखी कारोबार सुचारु गरिएको छ ।

सोही समुहले अबुधाबी र दुबईको डिआईपी लगायतका क्षेत्रमा शाखा स्थापना गरी नेपालीहरुलाई हवाई टिकट, होटल बुकिङ, ट्राभल प्याकेज, भिजिट भिसा सस्तो दरमा उपलब्ध गराउने बताइएको छ ।

युएईको व्यावसायिक इतिहासमा यो एकतालाई निकै महत्वकासाथ हेरिएको छ । एकै प्रकृतिका व्यावसायिक समुहको मिलनलाई धेरैले अर्थपुर्ण रुपमा दिदै सफलताको शुभकामना दिएका छन् ।