सांसद शान्ता चौधरी एसईई दिंदै, उनलाई सफलताको शुभकामना

झापा / प्रतिनिधिसभाकी सांसद शान्ता चौधरी आजबाट सुरू भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएकी छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सचेतक समेत रहेकी सांसद चौधरी महेन्द्र मावि तुलसीपुर केन्द्रबाट परीक्षा दिंदै छन् ।

उनले सम्पूर्ण परीक्षार्थीमा सफलताको शुभकामना पनि दिएकी छन । उनले परिक्षा पूर्व फेसबुकमा लेखेकी छन् , ‘आजबाट सुरु हुने एसईई परीक्षामा सामेल हुन जाँदैछु । परीक्षाको तयारी गर्दै गर्दा मेरा आफन्तजन , शुभेच्छुक , शुभचिन्तक र मिडियाकर्मी मित्रहरूले मलाई जुन खालको उत्साह थपिरहनु भएको छ , ढाडस दिई रहनु भएको छ यसले मलाई थप हौसला मिलेको छ । हामी सम्पूर्ण परीक्षार्थीमा सफलताको शुभकामना व्यक्त गर्दछौं ।

चौधरी एमालेबाट २०६४ र २०७४ मा दुईपल्ट सांसद भई सकेकी छिन् । उनकी १७ वर्षीया छोरी बिनुले पनि यही वर्ष सिर्जना बाल विद्यालय काठमाडौंबाट एसईई दिँदैछिन् ।

३८ वर्षीया सांसद चौधरीले खुला विद्यालय प्रणालीमा अध्ययन गरेकी थिइन् । नियमित विद्यालय गएर पढ्नु भएपनि कक्षा १० मा भने नियमित विद्यालय जानु सक्नु भएन । फोटो : सांसद चाैधरीकाे फेसबुकबाट