पत्रकार उद्धब पुरीलाई पितृ शोक

विर्तामोड /  पत्रकार उद्धब पुरीलाई पितृ शोक परेको छ ।  पुरी ब्लाष्ट टाइम्स दैनिकको विर्तामोड शाखा कार्यालयमा कार्यरत पत्रकार हुन ।

नेपाल पत्रकार महासङ्घ झापाका सदस्य समेत रहेका पुरीका पिता लेखानीप्रसाद पुरीको ७५ बर्षको उमेरमा सोमवार बेलुकी निधन भएको हो ।

स्व. पुरीका छोरामध्ये उद्धव नेपाल पत्रकार महासंघ झापाका सदस्य, प्रेस सेन्टर झापाका कोषाध्यक्ष, दशनामी समाज बिर्तामोडका सचिव छन् ।

अर्जुनधारा–५ विहीवारे निवासी स्व, पुरीका श्रीमती चन्द्रमाया पुरी, तीन छोराबुहारी उद्धव–रीता, नवीन–पुनम, जीवन–तुलसा पुरी रहेका छन् । दुई छोरीज्वाइँ तारा–शिव गिरी, मुना–विकास गिरी, चार नाति, दुई नातिनी रहेका छन् ।

पुरीलाई विगत ५ बर्षदेखि पक्षघात (प्यारालाइसिस) भएको थियो । पुरीको मंगलवार ११ बजे कनकाई नदीमा दाहसंस्कार गर्ने पारिवारिक स्रोतले जनाएको छ ।