‘चरित्र हत्या गर्ने प्रयास, भ्रामक समाचारकोपछि नलाग्नुस’- अध्यक्ष लिङ्देन

विर्तामोड / हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले चरित्र हत्या गर्ने अभिप्रायले प्रकाशन भएको समाचारले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘बलात्कारको मुद्दा मिलाउछु भन्दै ७ लाख लिएर गाउँपालिका प्रमुख फरार’ शिर्षकमा अध्यक्ष लिङ्देनको नाम जोडेर केही अनलाइन सञ्चार माध्यममा समाचार प्रकाशन भएको थियो ।

उक्त शिर्षकमा समाचार आएपछि सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै गाँउपालिकाका अध्यक्ष लिङ्देनले भनेका छन् ‘मेरो व्यक्तिगत र संस्थागत चरित्र हत्या गर्ने अभिप्रायले अनलाइन मिडिया मार्फत कपोकल्पित, भ्रामक, तथ्यहिन समाचार प्रकाशन गरिएको सबैमा जानकारी गराउदछु ।’

अध्यक्ष लिङ्देनले भ्रामक समाचारकोपछि नलाग्न सबैलाई आग्रह समेत गरेका छन् ।

‘मेरो व्यक्तिगत चरित्र हत्या गर्ने दुराशयले सामाजिक सञ्जालमा समाचार प्रकाशन गर्ने सञ्चार माध्यमलाई कार्वाही गर्न सरोकारपक्षसँग आग्रह गर्दछु’ लिङ्देनले विज्ञप्तिमा भनेका छन् ।

हेर्नुहोस् विज्ञप्तिको पूरा विवरण ।

उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्दै लिङ्देनले हल्दिबारी गाँउपालिका वडा नं २ मा भएको बलात्कार मुद्याका विषयमा प्रहरीले अनुसन्धान गरी अभियोग लागेका व्यक्तिलाई हिरासतमा लिएको विषय समेत आफुले सञ्चार माध्यमबाट जानकारी पाएको बताएका छन् । अध्यक्ष लिङ्देनले घटनाबारे आफु स्वयं अनभिज्ञ रहेको जनाएका छन् ।

बलात्कार जस्तो जघन्य अपराधमा संलग्न जो कोहीलाई पनि कानून बमोजिम अनुसन्धान गरी कानूनी कठघरामा ल्याई पीडित पक्षलाई न्याय दिलाउनका लागि उनले माग समेत गरेका छन् ।

यसैबिच, सोही समाचारलाई लिएर हल्दिबारी वडा नं २ का वडासदस्य खगेन राजवंशीले आफ्नो गम्भिर ध्यानाकर्ष भएको भन्दै आपत्ती जनाएका छन् । उनले उक्त समाचारमा कुनै सत्यता नभएको भन्दै निन्दा र भत्सर्ना गरेका छन् ।

सामाजिक सञ्जालम मार्फत विज्ञप्ति प्रकाशित गर्दै वडा सदस्य राजवंशीले सत्य तथ्य नबुझी सम्बन्धित व्यक्तिसँग नसोधी राजनीतिक प्रतिशोधका आधारमा समाचार प्रकाशित गरेको भन्दै आपत्ती प्रकट गरेका छन् ।

समाचारमा ७ लाख लिई जनही २/२ लाख बाडेको भनि प्रहरीलाई उद्धृत गर्दै लेखेर घटनालाई राजनीतिकरण गर्न खोजिएको राजवंशीले विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले भनेका छन् तर वास्तवमा यो कुरा सत्य होईन ।

हुर्नुहोस उनको विज्ञप्तिको पूरा विवरण ।

                                       खगेन राजवंशी

                               प्रेस बिज्ञप्ति

आदनिय न्याय प्रेमि जनताहरु, janatasamachar.com ले प्रहरी लाई उद्धृत गर्दै लेखेको समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । र प्रत्रकारको उक्त लेखाईको घोर भर्त्सना पनि गर्दछू।

सत्य र तथ्य समाचार लेखि समाज को बिकृति हटाउदै देश बिकास मा योगदान पुर्‍याउनु पत्रकार को धर्म हो कुनै ब्यक्ती प्रति कुनै आरोप लागे सम्बन्धित ब्यक्ती संग सम्पर्क गरि वास्तविकता बुझेर अनि मात्र समचार बनाउने पत्रकार को कर्तव्य हो तर यी सब कुरा लाई बेवास्ता गर्दै आफ्नो पेशाको मर्यादा बिपरित कसैको बहकाउमा र लोभ लालचमा पत्रकारीता जस्तो गरिमामय पेशालाई राजनीतिकरण गर्नु कहा सम्मको सहि कुरा हो ? समाचारमा 7 लाख लिई 2/2 लाख जनही बाडेको भनि प्रहरी लाई उद्धृत गर्दै लेखेर घटनालाई राजनीतिकरण गर्न खोजिएकोछ। तर वास्तवमा यो कुरा सत्य होईन ।

घटना बिहान करिब 7 बजेको थियो अघिल्लो रात म किर्तन बाट अबेर आएकोले सुतिरहेको थिए एक्कासि मेरो मोबाइल मा फोन आयो मैले फोन रिसिब गर्दा महिलाको आवाजमा खगेन्द्र सर मेरो छोरी लाई राजेन्द्र अधिकार ले हातपात गर्यो तपाई छिटो आउनु पर्यो भनेर भनियो र जबाफम मैले तेसो भए तपाई प्रहरी चौकि जानुस म तेहि आउछु भनि मैले फोन काटि आफ्नो नित्यकर्म गर्न तिर लागे ।

र, करिब 45 मिनेट पछि म चौकि तिर गए है भनेर निक्लिए र घटनास्थल चौकि जाने बाटोमै परेको हुनाले म त्याहा पुग्दा केहि मान्छेहरु देखे र ति मध्ये एकजना ले ल आउनुस भाई कुरा सुन्नुस भने म तिहा रोकिन बितिकै पहिले मलाई 50 मिनेट अगाडि कल गर्ने महिलालाई गालि गरे मैले तपाईँलाई अगि नै चौकि जानु भनेको हैन किन नगएको भन्दा हैन सर केश सामान्य हो राजेन्द्र दाई हाम्रो घरमा पहिले देखि नै आउने जाने र बेलाबखत काम काजले आफु पनि साथमा हिन्नेगरेको तर आज मेरो छोरि नया घर मा पानि पटाउदै गर्दा राजेन्द्र दिई पछाडिबाट गई के गर्दैछौ नानि भनि पिठियुमा एक्कासि धाप मार्दा छोरि आत्तिएर कराउदै निक्लेको र उक्त कुरा बिजय भाईले नि देखेको हो त्यसकारण सामान्य कुरा हो हामि यहि मिल्छौ भनेर भन्न्भो ।

र, मैले बिजय जि लाई सोध्दा पनि तेहि हो भन्नुभो र तेतिन्जेल राजेन्द्र अधिकार समेत त्याहा आउनुभो र मैले उहाँलाई सोधपुछ गर्दा पनि त्यही नै कुरा आयो र अन्तमा राजेन्द्र अधिकार को छोरा हरु समेत आउनुभो र दुबै पक्षले घटना सामान्य हो हामि यहि मिल्छौ भनि भन्नुभो । 

मैले अन्तमा समेत दुई पक्ष लाई चित्त नबुझे प्रहरि चौकिजानु भनि स्कुलको को बैठक मा हिडेको हो मेरो उपस्थिति मा कुनै किसिमको आर्थिक लेनदेन र लिखत भएको छैन यो सबै कुरा मेरो राजनीतिक र सामाजिक अतित्व समाप्त गर्न खेलिएको खेल हो भनि सम्पुर्ण जनता हरुमा जानकारी गराएउन चाहान्छु ।

र अन्तमा यस घटना संग जोडिएर कुनै पनि कागजातमा दस्तखत गरेको र एक पैसा पनि लिएको यदि कसैले पनि एउटा प्रमाण देखाउन सक्छ भने म जस्तो सुकै सजाय भोग्न समेत तयार रहेको कुरा समेत जानकारी गराउन चाहन्छु ।
धन्यवाद ।।।