गजल – दुर्गा प्र. कडरिया

गजल 

राम्रो दुई छाक खानलाई,चाडवाड आउनै पर्ने

साहुको ॠण तिर्नलाई , विदेश तिर धाउनै पर्ने

बस्यो कस्तो चलन आजकल, हाम्रो आफ्नै देशमा

देशमा रोजगार पाउनलाई, पार्टीको गित गाउनै पर्ने

सबल अनि सक्षम युवा, लागे सबै खाडी तिर

बालुवामा सुन खोज्दै, दिनहरु बिताउनै पर्ने

गरिबिले पिल्सिएको कठिन कठिन जिन्दगीमा

च्यात्तिएको दौरा पनि टालटुल पारि लगाउनै पर्ने

सिटामोल नि पाएका छैनन्, दुखी ती नागरिकले

हल्का पेट दुखे पनि, नेता जति बिदेश धाउनै पर्ने

-दुर्गा प्र. कडरिया हाल युएई