हडिया खोलामा डुबेर मृत्यु

बुधबारे / झापाको बुद्धशान्ति गाउँपालिकास्थित हडिया खोलामा डुबेर मंगलबार एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका १ निवासी ६१ वर्षीय लालबहादुर लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार लिम्बूलाई हडिया खोलामा डुबिरहेको अवस्थामा स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय धुलावारीलाई खबर गरेका थिए ।

लिम्बुको के कारणले मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

मृतक लिम्बुको शव मेची अञ्चल अस्पताल भद्रपुरमा पोष्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ ।