करणी गरेको आरोपमा १ जना पक्राउ

विर्तामोड / जवरजस्ती करणी गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ । करणी गरेको आरोपमा प्रहरीले ४२ वर्षीय शम्शेर तामाङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

तामाङलाई प्रहरीले झापाको कमल गाउँपालिकाबाट पक्राउ गरेको हो । तामाङले २० बर्षीय युवतीलाई घर नजिकै रहेको मकैवारीमा लगेर जवरजस्ती करणी गरेको आरोप लागेको छ ।

पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान भइरहेको बताइएको छ ।