मालिंगा आइपिएल खेल्दै

एजेन्सी / श्रीलंकाली एकदिवसीय टोलीका कप्तान लासिथ मालिंगाले १२औँ इन्डियन प्रिमियर लिग (आइपिएल) मा खेल्ने अवसर पाएका छन् ।

आइपिएल खेल्न अनुमति पाएसँगै उनले बिहिबार रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध प्रतिष्पर्धा गरेका छन् । मालिंगाले घरेलु क्रिकेट नखेल्ने बताएपछि उनलाई श्रीलंकाली क्रिकेट बोर्डले आइपिएल खेल्ने अनुमति दिएको थिएन ।

मालिंगाले घरेलु क्रिकेट प्रतियोगितामा समय दिने भएपछि बोर्डले उनलाई आइपिएल खेल्न अनुमति दिएको हो । मालिंगाले आफूलाई आइपिएल खेल्न स्वीकृति दिँदा बोर्डलाई विशेष धन्यवाद समेत दिएका छन् ।