गुप्तचरका एक अधिकृत अख्तियारको फन्दामा

काठमाडौं / राष्ट्रिय अनुसन्धान विभाग९गुप्तचर०मा कार्यरत एक इन्सपेक्टर विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।

अनुसन्धान विभागका अधिकृत विमल खड्काविरुद्ध आयोगले बिहीबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो । उनी नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

उनको नक्कली शैक्षिक प्रमाणपत्र रहेको आयोगले जनाएको छ । उनले भारतको बिहार बोर्डबाट आइए पढेको भनेर नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका थिए । आयोगमा उनीविरुद्ध उजुरी परेपछि छानविन गरिएको थियो ।

उनको प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।