गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार पुष्करलाल श्रेष्ठलाई

काठमाडौ / यो वर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

रिपोर्टर्स क्लब नेपालले प्रदान गर्दै आएको उक्त पुरस्कार यसवर्ष कामना प्रकाशन प्रालिका अध्यक्ष श्रेष्ठलाइ प्रदान गर्ने निर्णय भएको हो । पुरस्कारको राशी १ लाख रुपैयाँ र ताम्रपत्र रहेको छ ।

क्लबका सभापति ऋषि धमलाको अध्यक्षतामा शुक्रबार बसेको पुरस्कार छनोट समितिको बैठकले सो निर्णय गरेको हो । श्रेष्ठ नेपाल समाचारपत्रका संस्थापक एवम् प्रधान–सम्पादक हुन ।

विगत साढे तीन दशकदेखि पत्रकारितामा क्रियाशिल श्रेष्ठको योगदानको उच्च मूल्यांकन गर्दै क्लबले यही चैत्र १७ गते २१ औं वार्षिकोत्सवको अवसरमा उक्त पुरस्कार प्रदान गर्न लागेको हो ।