अभिनेत्री उर्मिला मातोण्डरले लोकसभा चुनाव लड्ने

मुम्बई / भारतीय अभिनेत्री उर्मिला मातोण्डरले लोकसभा चुनाव लड्ने भएकी छन् । उनलाई कांग्रेस पार्टीले मुम्बई उत्तर लोकसभा सीटबाट उम्मेद्वार बनाएको हो ।

उर्मिला कांग्रेस पार्टीमा सामेल भएको दुईदिनपछि उम्मेद्वारका लागि टिकट पाएको हिमालय दर्पन पत्रिकाले समाचार छापेको छ ।

मातोण्डरले बुधबार मात्रै राहुल गाान्धिसँग भेटघाट गरेकी थिइन् । कांगेस केन्द्रिय चुनाव समितिले जनाए अनुसार महाराष्ट्रमा मुम्बई उत्तर संसदीय सीटबाट लोकसभा चुनाव लड्न उर्मिलालाई उम्मेद्वार बनाउने स्विकृती दिएको हो ।

कांग्रेस पार्टीमा प्रवेशसँगै यो उनको सक्रिय राजनीतिमा पहिलो सहभागिता हो ।