मूल्य बढाउने तयारीमा महिन्द्रा कम्पनी

एजेन्सी / भारतीय बहुराष्ट्रिय अटो निर्माता कम्पनी महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले यात्रुबाहक र व्यवसायिक प्रयोजनमा प्रयोग हुने सवारी साधनमा मूल्य बढाउने घोषणा गरेको छ ।

अप्रिल महिनादेखि लागु हुने गरी महिन्द्रा कम्पनीले भारतीय रुपैयाँ ५ हजार देखि ७३ हजार रुपैयाँसम्म मूल्य बढाउँदैछ । पछिल्लो समय एकपछि अर्को गर्दै भारतीय अटो निर्माता कम्पनीहरुरुले सवारी साधनको मूल्य बृद्धी गर्दै आएका छन् ।

उत्पादन लागतमा भएको बृद्धीसँगै आगामी महिनादेखि भारतीय बजारमा सवारी साधनको मूल्य शून्य दशमलव ५ प्रतिशतदेखि २ दशमलव ७ प्रतिशत महँगो हुने विज्ञप्ति मार्फत महिन्द्राले जनाएको हिमालय दर्पणले समाचार छापेको छ ।

केही हप्ताअघि टाटा मोटर्स, टोयोटा, जागुआर ल्याण्ड रोभरले मूल्य बढाउने निर्णय गरेक थिए ।

भारतीय बजारमा सवारी साधनको मूल्यबृद्धी भएपछि त्यसको प्रत्यक्ष असर नेपाली अटो बजारमा पर्ने देखिन्छ ।