कोहली आइपिएल टीमका लागि पाँचहजार रन बनाउने पहिलो व्याड्सम्यान

एजेन्सी / विराट कोहली आइपिएलमा कुनै एउटा टीमका लागि ५ हजार रन बनाउने पहिलो व्याड्सम्यान बनेका छन् । आइपिएल टुर्नामेन्टमा सबैभन्दा धेरै रन बनाउने उनी दोस्रो खेलाडी हुन् ।

पहिलो नम्बरमा चेन्नाई सुपर किङ्सका सुरेश रैना छन् । रैनाले १७८ म्याचको १७४ पारी खेल्दा ३४ दशमलव २४ को औसत्मा ५ हजार ३४ रन बनाएका छन् ।

यसमा उनको एउटा सतक पनि सामेल छ । रैनाले दुई टोली चेन्नाई सुपर किङ्स र गुजरात लायन्ससँग खेलेर यति रनको स्कोर बनाएका हुन ।

विराटले आइपिएलको प्रथम संस्करण २००८देखि अहिलेसम्म रोयल च्यालेन्जर्स बैङ्लोरको पक्षमा खेलेका छन् । बैङ्लोरको चित्रास्वामी स्टेडियममा बिहिबार मुम्बई इण्डियन विरुद्ध खेल्नेअघि विराटलाई ५ हजार रन पुरा गर्न मात्र ४६ रन आवश्यक थियो ।

विराटले अहिलेसम्म ३८.१६ को औसतमा ५ हजार रन बनाएका हुन । धेरै सतक बनाउने क्षेत्रमा शेन वाट्सनसित विराट दोस्रो स्थानमा छन् । वाट्सनले ११९ म्याचमा ११५ पारी खैल्दै ४ सतक हानेका छन् ।

यसमा क्रिस गेल प्रथम स्थानमा छन् । गेलले ११४ आइपिएल म्याचमा ४ हजार ९९३ रन बनाएका छन् ।