आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा २५ जनाको मृत्यु

झापा / आइतबार साँझ आएको ठूलो हावाहुरी र असिना–पानीको कारण बारा र पर्सामा २५ जनाको मृत्यू भएको छ ।

हावा हुरीका कारण बारामा २४ र पर्सामा १ जना गरी २५ जनाको मृत्यू भएको प्रहरीले जनाएको छ । आज साँझ मेघगर्जन र हावाहुरीसहित परेको असिना पानीका कारण ठूलो जनधनको क्षति भएको हो ।

घटनामा हजारौको संख्यामा घाइते भएको हुनसक्ने प्रहरीको अनुमान छ ।  हावाहुरीले सडकमा रुखहरु ढालेकोले उद्यारमा समस्या परेको प्रहरीले जानकारी दिएको छ ।

घाइते र जनधनको क्षतिको एकिन विवरण प्राप्त हुन सकेको छैन । घाइतेहरुले नारायणी अस्पताल भरिएको छ ।

हावाहुरीका कारण व्यापक जनधनको क्षति भएकोले  सशस्त्र प्रहरी र नेपाली सेनासहितको टोलीले उद्दार जारी राखेको बताइएको छ ।