श्रीमतिको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ

तनहुँ / कुटपीट गरी आफ्नै श्रीमतिको हत्या गरेको अभियोगमा तनहुँमा एक व्यक्ति पक्राउ परेका छन् ।

३५ वर्षीया फूलमाया नेपालीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा तनहुँ शुक्लागण्डकी नगरपालिका–७ म्याराथन धारापानीका ४० वर्षीय श्रीराम श्रेष्ठ पक्राउ परेका हुन ।

शुक्रबार मादक पदार्थ सेवन गरीे फूलमायालाई कुटपिट गरी हत्या गरेको अभियोगमा श्रीरामललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हत्या गरी श्रेष्ठले श्रीमतीको शव घरदेखि करिब २० मिटर टाढा बारीमा फालेका थिए । पक्राउ परेका श्रीरामलाई तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।