बारामा भएको जनधनको क्षतिमा दुःख व्यक्त गर्दै पचासहजार सहयोग गर्ने रेडक्रस झापाको घोषणा

विर्तामोड / नेपाल रेडक्रस सोसाइटी झापा शाखाले बारा र पर्सा जिल्लामा हावाहुरीका कारण भएको जनधनको क्षति प्रति दुःख व्यक्त गर्दै तत्कालका लागि पचास हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

रेडक्रस झापाले आज एक विज्ञप्ति निकालेर प्रभावित क्षेत्रमा मानवीय सहयोग गर्नका लागि भनेर तत्कालका लागि पचास हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

रेडक्रसले बारा पर्साको घटनाप्रति गहिरो दुःख समेत व्यक्त गरेको छ ।

रेडक्रस झापाका सभापति लोकराज ढकालले विज्ञप्ति जारी गर्दै भनेका छन् प्रदेश नं २ को बारा र पर्सा जिल्लामा आएको हावाहुरीबाट ठूलो जनधनको क्षति भएको र हजारौ परिवारको घरमा क्षति पुगेको हुँदा झापाली रेडक्रसकर्मी अत्यन्तै दुखी र मर्माहत भएका छौं ।

हावाहुरीबाट बारामा ३० जनाको मृत्यु भएको र करिब ७०० व्यक्ति घाइते भएर अस्पतालमा उपचाररत रहेको भन्दै रेडक्रसले सबैलाई आर्थिक सहयोग गर्न आव्हान समेत गरेको छ ।

विज्ञप्ति