ओलम्पिक छनोटका लागि महिला फुटबल टोली म्यानमार प्रस्थान

काठमाडौं / सन् २०२० मा जापानमा हुने ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबल छनोटको दोस्रो चरणमा सहभागी हुने नेपाली महिला टोलीलाई बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघले म्यानमारमा हुने छनोट खेलमा सहभागी हुने टोलीलाइ बिदाइ गरेको हो ।

म्यानमारमा हुने छनोटमा नेपाल, भारत, म्यानमार र इन्डोनेसिया समूह ‘ए’ मा रहेका छन् । ३ अप्रिलबाट हुने छनोट खेलमा नेपालले पहिलो खेलमै आयोजक म्यानमारको सामना गर्नेछ । त्यसैगरी, ६ अप्रिलमा नेपालले भारतको सामना गर्नेछ भने ९ अप्रिलमा इन्डोनेसियासँग खेल्नेछ ।

यसअघि म्यानमारको राजधानी यांगुनमा गत नोभेम्बरमा भएको पहिलो चरणको छनोटमा पनि म्यानमार, नेपाल, भारत र बंगलादेश एउटै समूहमा थिए । तीनै खेलमा नेपालले १–१ को बराबरी खेलेको थियो ।

अंक तालिकामा भने नेपाल म्यानमार र भारतभन्दा पछाडि थियो । यद्यपि, नेपाल उत्कृष्ट तेस्रो टिमका रूपमा छनोटको दोस्रो चरणमारहेको थियो ।

भारतमा भएको हिरो गोल्डकपमा पनि नेपालले भारत र म्यानमारसँग खेलेको थियो । जसमा नेपालले भारतलाई २–१ ले हरायो तर पछि नेपालमा भएको साफ महिला च्याम्पियनसिपमा भने भारतले पराजित गरेपछि नेपाल उपविजेतामा सीमित हुन पुगेको थियो ।

नेपालले म्यानमारसँग खेलेका तीनमध्ये २ खेलमा हार बेहोरको छ । म्यानमारमा हुने छनोटमा समूह शीर्ष हुने टिम मात्र तेस्रो चरणमा पुग्नेछन् । तेस्रो चरणका लागि अस्ट्रेलिया, उत्तर कोरिया, दक्षिण कोरिया, चीन र थाइल्यान्ड छनोट भइसकेका छन् ।राजधानीबाट